चार क्रान्तिकारी कम्युनिष्ट दलहरुबीच एकताको पहल

काठमाडौं । चार क्रान्तिकारी कम्युनिष्ट दलहरुबीच एकताको लागि छलफल सुरु भएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको नेकपा समाजवादी माओवादीबिच पार्टी एकताको छलफल सुरु भएको हो।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा आज बसेको चार पार्टीको संयुक्त बैठकले चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस सुरु गर्ने निर्णय गरेको हो। पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न फागुन १५ गतेसम्मको समय सीमा तोकिएको छ।

त्यस्तै चार दलको संयुक्त बैठकले देशको वर्तमान राजनैतिक अवस्था चरम संकटमा रहेको निष्कर्ष पनि निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय