काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो।
गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए। शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो।
चिकित्सक सिंह घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा साङ्घातिक आक्रमण गरिएको थियो।

