गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको मन्त्री लिङ्देनको भनाइ

काठमाडौं। जलश्रोत तथा सिंचाईमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो।

तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्षअघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ। यही बेला बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको बताएका हुन्। संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको समीक्षा गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय