काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्। दुई नेताबीच अहिले भेटवार्ता भइरहेको छ।
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन। यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन।
दुई नेताका बीचमा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ। सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन।

