माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा आज दिउँसो उनीहरूबिच भेटवार्ता भएको हो।

उनीहरूबिच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए।

राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै राजदूत सोङले आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर