प्रचण्ड र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ताको लागि जसपाका अध्यक्ष यादवसहित शीर्ष नेताहरूसँग पुगेका थिए।

भेटमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्डसहित उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेसमेत सहभागी थिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिँदै आएका छन् भने काँग्रेससहित विपक्षमा रहेका दलहरूसँग समेत निरन्तर संवादमा छन्।

बुधबार बेलुका काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेट गरेका थिए। विपक्षमा दलका नेताहरूसँगको भेटमा शक्ति बाँडफाँटका विषयमा संवाद भइरहेको बताइएको छ। बिहीबारै जसपाका नेताहरूसँग भेटवार्ता गर्नुअगाडि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर