रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्नुभएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले पाउनुभएको छ।

राप्रपाबाट मन्त्री बनेका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । उनीहरूले शनिबार राजीनामा बुझाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर