काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४३ वटा नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुईजना संक्रमणमुक्त भएका छन् । हाल देशभर आठजना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

