सभामुख र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालयमा भेट गरेका छन्। भेटमा उनले अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठक र बैठकमा आफ्नो सहभागिताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन्।

९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आइपियूको १४६ औं बैठकमा सहभागी हुन यही फागुन २६ गते बहराइन जाँदै छन्। ​आइपियूको बैठक फागुन २७ गतेदेखि चैत १ गतेसम्म बहराइनको मनामामा हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर