निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीबार(आज) काठमाडौंमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता रहेको पनि बताउनुभयो।

उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो। नेपालले उहाँले राष्ट्रका सामु अनेकन् चुनौतीहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर