काठमाडौं। सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको हो।
किसानबाट दूधको उचित मूल्य पाउन नसकेको गुनासो आएपछी उनिहरुको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो।अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ ।
सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ। अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ।

