लिग–२ : त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँग पीएनजीको हार

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई ३ विकेटले हराएको छ ।

पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले आठौँ विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् ।

यो जितसँगै नेपाल ३१ खेलमा ३० अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ५ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय