दूरसञ्चार सेवालाई भरपर्दो बनाउनु अहिलेको प्रमुख आवश्यक्ता हो : रेखा शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।

उहाँले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु नहुने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर