चितवन। नारायणगढ-मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ। फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो।
पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवारदेखि नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताए।
उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए।

