काठमाडौं । नेपाली बजारमा आज मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ।
यहि आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन आज मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।
आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

