रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिनुभयो।

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर