काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ। शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने छिन् ।

