काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अगाडि सारिएका यादवलाई सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता गर्नुभएको हो ।
सोमबार (आज) उम्मेदवार यादव प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुग्नुभएको थियो । प्रधानमन्त्रीले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफु र आफ्नो दलले सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद प्रदीप यादवले बताउनुभयो ।
तर, सत्ता गठबन्धनमै सामेल रहेको जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिनुभएको छ । उहाँलाई लोसपा र नागरिक उन्मुक्तिले साथ दिएको छ ।

