ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ। एमालेले आज संसद सचिवालयलाई पत्र लेख्दै संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन आग्रह गरेको हो।

गत १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो। एमाले महासचिव शंकर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको बताउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर