काठमाडौं। नेपाली काँग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले यादवको पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिए। यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।
काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ। साथै काँग्रेसले उपराष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिँदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामनासमेत दिएको छ।

