हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। गत पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले,नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेल,आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिचाईं तथा उर्जा मन्त्रीको रुपमा उद्धव थापासहितको मन्त्रिपरिषद् गठन भएको थियो।

