उपराष्ट्रपतिका लागि भोलि निर्वाचन

काठमाडौं । उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

आयोगले मतदान स्थल काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक-फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३० जनाले मात्रै मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर