काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ। आज बिहान साढे ११ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो।
उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्ने तयारी गरेको थियो। निर्वाचन आयोगले आचार संहिता जारी भएपछि पार्टीका कुनै पनि बैठक बस्न नमिल्ने भनेपछि स्थगित भएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

