काठमाडौं। उपराष्ट्रपति पदका उमेदवार अष्टलक्ष्मी शाक्यले आफू नै वियजी हुने बताएकी छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।
राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उमेदवार हुनु गलत भएको उनले दावी गरिन्। “राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि आन्दोलनको भावनाविपरीत पुरुष उमेदवार हुनुहुन्थ्यो। गलत भयो,” उनले भनिन्, “चुनाव जित्छु। सकारात्मक प्रतिक्रिया पाएको छु।”

