काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा–२ मा पनि १० वैशाखमा उपनिर्वाचन हुने भएको छ ।
तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।
रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ ।

