युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपतिको १२ बुँदे प्रस्तावमा छलफल गर्ने पुटिनको बचन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने बचन दिएका छन् ।

रुस भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्तापछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने बचन दिएका हुन् । पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि बताएका छन् ।

अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरु पालना गरेको र हरेक देशका लागि सहयोगी भूमिका निर्वाह गरेको भन्दै पुटिनले चीनको खुलेर प्रशंसा गरे ।

चिनियाँ राष्ट्रपति सीले भने पुटिनकै नेतृत्वमा रुसले विकास र ठूलो प्रगति गरेको प्रसँग उल्लेख गर्दैै रुसी जनताले सधैं पुटिनलाई साथ दिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए ।

चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणलाई लिएर विश्व समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ । अमेरिका लगायत पश्चिमा जगतले शान्ति स्थापनाको नाममा चिनियाँ प्रस्तावमा नफस्न युक्रेनलाई सचेत गराएका छन् ।

युक्रेनको राष्ट्रिय सुरक्षा परिषदका सचिव आलेक्सी दानिलोभले चीनले रुसलाई हतियार आपूर्ति नगर्नेमा विश्वस्त रहेको भन्दै चीनले रुसलाई हतियार आपूर्ति गरेको खण्डमा त्यसको परिणाम भने नराम्रो हुने बताएक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय