काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज (बुधबार) बस्दैछ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्नेछ।
एक नेताका अनुसार बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा जाने विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। साथै विधान अधिवेशनबारे पनि छलफल हुनेछ।

