आज फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर