संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत हो : हिक्मत कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएको बताउनुभएको छ ।

आज बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयतास् अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उहाँले बताउनुभएको छ ।

उहाँले केन्द्र सरकार अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको हो ।तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले नचाहेको उहाँको भनाइ थियो । प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर