काठमाडौं। सरकारले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता र कार्यक्षमताका आधार उनलाई आइजिपी नियुक्त गरेको हो।
आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन्। उनको अवकाशसँगै पाँच जना एआईजीहरूको आइजिपी बन्न प्रतिष्पर्धा रहेको थियो। जसमा कुँवर प्रहरी आइजिपी नियुक्त भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जानकारी दिए।
आठ महिनाको अवधिमा तीन तह बढुवा हुँदै कुँवर नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् उनी २०५१ सालको ५ चैतमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। गत असारमा डिआइजी भएका उनी सोमबार मात्र एआइजीमा बढुवा भएका थिए।

