एजेन्सी । बेल्जियमले युरोकप छनोटमा स्विडेनलाई हराएको छ । शुक्रबार राति समूह ‘एफ’ को पहिलो खेलमा बेल्जियमले स्विडेनलाई ३–० ले हराएको हो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे । उनले खेलको ३५ औं, ४९ औं र ८२ औं मिनेटमा गोल गरे ।
यहि समूहको अर्को खेलमा अष्ट्रियाले अजरवैजानलाई ४–१ ले पराजित गरेको छ ।