प्रधानमन्त्रीलाई भेट्न नेकपा एसका शीर्ष नेता बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।

अध्यक्ष नेपालसहित नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

भेटमा मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको बताइएको छ।प्रधानमन्त्रीले नेकपा एसलाई २ मन्त्रालय दिने गरी प्रस्ताव तयार गरेका छन्। तर उनीहरूको दाबी ३ वटा मन्त्रालयमा रहँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर