नेकपा एस र जसपाका अध्यक्ष नेपाल र यादवबीच भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार(आज) समाजवादीको कार्यालयमा भेटवार्ता भएको हो।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको बेला सत्ता साझेदारका दुई नेताबीच भेट भएको हो।

आज साँझै सत्ता साझेदार दलहरूको बैठक छ। उक्त बैठकले मन्त्रीहरूको बाँडफाँट टुङ्ग्याउने तयारी रहेको नेताहरूले बताइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर