माओवादी नेता कुशवाहले गरे जनमत पार्टीमा प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन्।

कुशवाहले बारा-२ मा चुनावी मैदानमा उत्रिने निर्णयसहित जनमत पार्टी रोजेका छन्। जनमत पार्टीले पनि कुशवाहलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ। यसअघि कुशवाह बारा २ मा माओवादी-कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए। उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए।

बारा २ मा एमाले-जसपा गठबन्धनबाट चुनाव लडेका रामसहाय यादव १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए भने कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए। यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

जसपाले आज उपेन्द्र यादवको नाम उम्मेदवारका लागि सिफारिस गर्दैछ। माओवादी केन्द्रले जसपाका अध्यक्ष यादवलाई सघाउने संकेत देखिएपछि कुशवाहले पार्टी परित्याग गरिएको बताइएको छ। जनमत पार्टीले कुशवाहलाई आफ्नो पार्टीमा ल्याएर जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लगाउने तयारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर