काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३० वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। पछिल्लो समय शून्यमा झरेको कोरोना संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या बढेर १०३ पुगेको हो।
मन्त्रालयले कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्।
कुनै लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।

