कांग्रेसले बारा २ मा जसपालाई समर्थन गर्ने

काठमाडौं। नेपाली कांग्रेसले बारा-२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा-२ मा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाले बैठकमा जसपाको उम्मेदवारलाई सघाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा- २ मा उपनिर्वाचन हुँदैछ। वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर