उपनिर्वाचनका लागि तनहुँ-१ मा स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

तनहुँ। तनहुँ क्षेत्र नम्बर १- मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहेका छन्।

नेपाली कांग्रेसका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका हुन्। डा.घिमिरे पनि तनहुँ–१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए। नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन्।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ। गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर