गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा एसको निर्देशन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ।

सोमबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो। वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार उठाएको छैन। सत्ता गठबन्धनबाट बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन-२ मा नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ-१ काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर