जसपा नेपालको विधान अधिवेशन जेठ १ देखि ३ गतेसम्म हुने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सारेको छ ।

जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाएको छ ।

यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको हो ।

अधिवेशनको तयारी लगभग पूरा भइसकेको छ । अध्यक्ष यादवको नेृत्वत्वमा गठन कार्यदलले मस्यौदा तयार गरी पार्टीलाई बुझाई सकेको छ । सो मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको छ । सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिई विधानलाई अधिवेशनमा लग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर