काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिममाथि छानबिन गर्नुपर्ने बताए ।
‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । योभन्दा लज्जाबोध के हुन सक्छ ?,’ उनी भन्छन्, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ?
उपसभापति गुरुङले अगाडि भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय मिति बनाएर निष्पक्ष समिति बनाएर छानबिन गर्नुपर्छ ।’

