एमालेको जनवर्गीय सङ्गठन अनेमसङ्घको अध्यक्षमा हमाल निर्वाचित

काठमाडौं। नेकपा (एमाले)को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित भएकी छन्। यहाँ भएको सातौं राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित भएका छन्।महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित भएका छन्।

सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित भएका छन्। सङ्घको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौँमा भएको थियो। एमालेले आफ्ना सबै जनवर्गीय सङ्गठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर