सगरमाथामा तीन जना आरोही बेपत्ता, खोजी कार्य जारी

काठमाडौं। सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु आज बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन्। उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन्। अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो। सोही काममा खटिएका आरोहीहरु बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर