दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य होइन : ढाकाकुमार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गर्नुभएको छ । उहाँले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताउनुभयो ।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताउनुभयो । उहाँले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताउनुभयो ।

‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर