भारतमा कोरोना संक्रमण बढ्यो, एकैदिन २९ जनाको मृत्यु

काठमाडौं। भारतमा कोरोना संक्रमण बढिरहेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पछिल्लो सात महिना एकै दिन संक्रमित भएको अहिलेसम्मकै धेरै हो। यसअघि गत वर्ष अगस्त २० मा ११ हजार ५३९ संक्रमित पुष्टि भएका थिए।मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४९ हजार ६२२ पुगेको छ। यसअघि गत सेप्टेम्बर ५ मा ४९ हजारभन्दा बढी सक्रिय केस थिए।

यसबाहेक दैनिक सकारात्मकता दर ४.४२ प्रतिशत रहेको छ भने साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ। यसबाहेक, निको हुने दर ९८.७० प्रतिशत रहेको छ भने मृत्यु दर १.१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय