काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रवार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

