काठमाडौं। युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसमा आक्रमण गर्दा आठ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्।
आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशंकासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
युक्रेनका अनुसार रुसी सेनाले पाँचवटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ। २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ।