भारतको उत्तर प्रदेशमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ ।

शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

गुण्डा नाइकेबाट राजनीतिकर्मी बनेका उनीहरु मिडियासँग कुरा गर्दै अघि बढेको बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् ।

उनीहरु रिपोर्टर बनेर अहमद दाजुभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय