नेप्सेमा आज दोहोरो अंकको वृद्धि

काठमाडौँ । तीन दिनसम्मको लगातार गिरावटसँगै बुधवार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज नेप्से सूचक १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिन ३.०७ अंकले नेप्से घट्दै १९ सय ४ अंकको विन्दुमा अडिएको थियो ।

त्यसो त १५ अंकले नेप्से बढ्दै गर्दा आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले बढ्दै ३६५.९० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । तर, कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजार रुपैयाँमा खुम्चिन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर