काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको सचेतकमा विना लामा नियुक्त भएकी छिन्। राप्रपाको विधानमा भएको व्यवस्था बमोजिम लामालाई संसदीय दलका नेता तथा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सचेतकमा नियुक्त गरेका हुन्।
लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी थिईन्। यसअघि लामा २०७४ सालमा धादिङको रुभी भ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिईन्। राप्रपाको प्रमुख सचेतकमा जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानबहादुर शाही रहेका छन्।

