काठमाडौं। सत्तारुढ दलका शीर्ष नेताहरू आज बिहीबार बारा–२ को उपनिर्वाचनको पूर्वसन्ध्यामा तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न बारा जाने भएका छन्।
कांग्रेसका नेता रमेश लेखकका अनुसार बाराको गढीमाई मन्दिरको प्राङ्गणमा हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने कार्यक्रम छ।
चुनावी सभालाई जसपाका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवसहित पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। पाँच दलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुनेछ।

